निर्मला हत्या प्रकरण: आज एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्ने तयारी 

समाज कार्तिक ४ २०७५ ekhabarnepal
564 9798789

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि  अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई बर्खास्त गर्ने तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै सेवाबाट बर्खासीका लागि निलम्बीत एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बीत इन्सपेक्टर जगदिश भट्टलाई वर्खास्त गर्न गृहमा पत्र पठाएको हो ।

गृहस्रोतका अनुसार सम्भवतः आइतबार (आजै) गृहसचिवस्तरीय निर्णयबाट उनीहरुलाई वर्खास्त गर्ने निर्णय गर्नेछ । प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुने व्यवस्था छ । 
प्रहरी प्रधान कार्यालयका एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित अनुसन्धान टोलीले एसपी विष्टसहित इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सुझाव दिएपछि प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र पठाएको हो । गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते मृत अवस्थामा उखुवारीमा फेला परेकी थिइन् । उनको  बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निर्मला हराएको भन्दै साउन १० गते साँझ नै वडा प्रहरी कार्यालयमा खबर गर्दा प्रहरीले ‘भोली खोजौंला’ भन्दै टारेको निर्मलाका आफन्तले आरोप लगाउँदै आएका छन् ।

तत्कालीन समयमा इन्सपेक्टर भट्ट नै वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख थिए । यसअघि सरकारद्वारा गठित समितिले पनि निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले चरम लापरवाही गरेको निष्कर्स निकालेको थियो । निर्मला हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्तका रुपमा भीमदत्तनगर १९ का दिलिपसिहं विष्टलाई सार्वजनिक गरेपछि उनको डीएनए म्याच नभएपछि उनी साधारण तारेखमा रिहा भएका थिए । 

दिलिपलाई मुख्य नक्कली अभियुक्तको रुपमा सार्वजनिक गर्ने सीआईबीका डीएसपी अंगुर जिसीको पनि प्रमुख भूमिका थियो । जिसीसहित ६ जना प्रहरी हाल निम्बनमा छन् ।  निर्मला हत्या प्रकरणमा कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले प्रमाण लुकाउन खोजेको आरोप स्थानीयले लगाउँदै आएक छन् । एसपी विष्टले भने आफूमाथी प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिररहेको बताए । ‘‘मलाई वर्खास्त गर्नेबारे जानकारी छैन् । ममाथी कस्तो किसिमको कार्वाही हुन्छ या हुँदैन,त्यसको प्रकृती हेरेर मात्रै आवश्यक कदम चाल्छु,’’ एसपी विष्टले भने ।  

प्राप्त प्रतिकृयाहरू

To Top