शान्ति समाज रुपन्देहीद्धारा आयोजित कार्यक्रम'अन्तर संवाद': प्रधान न्यायाधिश मिश्रले उदघाटन गर्ने

समाज कार्तिक ४ २०७५ ekhabarnepal
9890895959

बुटवल ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा भोली सोमवार भैरहवामा
मानव अधिकार बिधिको शासन र जवाफदेहिता बिषयक अन्तर संवाद कार्यक्रम हुने भएको छ ।
 रुपन्देहीमा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ सस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहने अन्तर संवाद कार्यक्रमको प्रधान न्यायाधिश ओम प्रकाश मिश्रले उदघाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम उदघाटन गर्नका लागि प्रधान न्यायाधिश मिश्र गृह जिल्ला रुपन्देही आई पुग्नु भएको छ । कार्यक्रमको सबै तयारी पुरा भएको  समाजका रुपन्देही अध्यक्ष डि.पि. खनालले जानकारी दिनुभयो । 

प्राप्त प्रतिकृयाहरू

To Top