बांग्लादेशलाई बिजुली बेच्न कति सहज?

अर्थ कार्तिक ४ २०७५ ekhabarnepal
 103941996 20180609 123039


विद्युत् निर्यातका लागि विकल्प खोज्नुपर्ने
कार्तिक ४
बीबीसी 

सरकारी लक्ष्य अनुरूप विद्युत् उत्पादन भएमा केही वर्षभित्रै नेपालले विद्युत् निर्यातका लागि विकल्प खोज्नुपर्ने हुन्छ।
नेपाल र बांग्लादेशबीच भएको ऊर्जा सम्झौता अनुरूप बांग्लादेशसँग जोडिनका लागि प्रशारण लाइनको निर्माणलाई तीव्रता दिइएको नेपाली अधिकारीहरूले बताएका छन्।

बांग्लादेशलाई बिजुली बेच्नका लागि भारतको पूर्णियाँ र सिलिगुडीसम्म प्रसारण लाइन जोड्ने काम थालिएको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

ती काम सक्न भने केही वर्ष लाग्ने उनीहरूको भनाइ छ।

गत साउन २५ गते बांग्लादेशसँग भएको ऊर्जा सम्झौता अनुरूप नेपालले भारत र बांग्लादेशसँग बैठक गर्न लागेको ऊर्जा मन्त्रालयका प्रवक्ताले बताए।

बांग्लादेशलाई नेपालको विद्युत् बेच्नका लागि दुईवटा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिइएको नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

नेपाल र बांग्लादेशबीच सीधा प्रसारण लाइन सम्भव नभएकाले भारतको पूर्णिया र सिलिगुडीसम्म जोड्नका लागि काम भइरहेको प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले बताइन्।

उनले भनिन्, "हाल निर्माणाधीन हेटौंडा-इनरूवा प्रसारण लाइनले भारतको पूर्णीयाँ जोड्नेछ। अर्को झापाको अनारमनीबाट भारतको सिलिगुडीसम्म जोडेर बांग्लादेशसम्म नेपालको बिजुली पर्याउने लक्ष्यका साथ अध्ययनहरू भइराखेका छन्।"

विद्युत् विकासको क्षेत्रमा द्विपक्षीय सहकार्य शुरू गर्ने लक्ष्यका साथ साउनमा नेपाल र बांग्लादेशबीच समझदारीपत्रमा हस्ताक्षर भएको अधिकारीहरूले बताएका छन्।

सोही समझदारी अनुरूप तिहार लगत्तै बांग्लादेश र भारतसँग बैठक गर्ने तयारीमा नेपाल रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताएका छन्।

घिमिरे भन्छन्, "हामी नोभेम्बर महिनाको दोस्रो सातातिर भारत र बांग्लादेशसँग बैठक गर्दैछौं। सम्झौतापछि नेपालले ती देशहरूसँग पहिलो बैठक गर्न लागेको हो।"

बांग्लादेशसँग भएको सम्झौतामा विद्युत् उत्पादन, ग्रिड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युतको विकासबाट हुने पारस्पारिक द्विपक्षीय हितलाई क्षेत्रीय हितमा रुपान्तरण गर्ने कुरालाई प्राथमिकतामा राखेको छ।

सरकारी योजना अनुसार ३ वर्षभित्र ३ हजार मेगावाट, ५ वर्षभित्र १० हजार मेगावाट र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ।

 पूर्व जलस्रोत सचिव द्वारिकानाथ ढुङ्गेलका भनाइमा बांग्लादेशको लगानीमा उत्पादन भएको विद्युत् भारतको बाटो हुँदै बांग्लादेशसम्म पुर्याउनु अहिलेको भारतको नीति बाधक हुनसक्छ।

उनी भन्छन्, "अहिलेको भारतको नीति बाधक छ जस्तो लाग्छ। भारतको बाटो हुँदै बांग्लादेशसम्म बिजुली पुर्याउन भारत सकारात्मक नभई सम्भव छैन।"

तर बांग्लादेशलाई नेपालले विद्युत् उपलब्ध गराउने कुरामा भारत सकारात्मक रहेको ऊर्जा मन्त्रालयका प्रवक्ता घिमिरेले दाबी गरे।

सरकारी लक्ष्य अनुरूप विद्युत् उत्पादन भएमा केही वर्षभित्रै नेपालले विद्युत् निर्यातका लागि विकल्प खोज्नुपर्ने हुन्छ।

जसका लागि उर्जा संकट बेहोरिरहेको बांग्लादेशलाई पहिलो विकल्पको रुपमा हेरिएको उर्जा मन्त्रालयका अधिकारीहरूको मत छ।
 

प्राप्त प्रतिकृयाहरू

To Top