नवलपरासी बस दुर्घटनामा  पाँचको मृत्यु, करिब ४० घाइते

समाज कार्तिक ४ २०७५ ekhabarnepal
Road accident

 

 
नवलपरासी कार्तिक ४

नवलपरासी पूर्वको मध्यविन्दु–११ बाहुनीकुनामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

घटनामा करिब ४० जना घाईते भएका छन्। ईटहरीबाट भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस पूर्वी नवलपरासीको मध्यविन्दु–११ बाहुनिकुनामा आइतबार विहान ५ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्याल नवलपुरले जनाएको छ।

घाईते ३३ जनालाई उपचारका लागि नारायणगढ पठाईएको छ। बाँकीको स्थानिय अस्पतालमा उपचार भइरहेको छ।

चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाको थप विवरण आउँन बाँकी छ।

प्राप्त प्रतिकृयाहरू

To Top