नेकपाको  सचिवालय बैठक आइतबार

राजनीति कार्तिक ३ २०७५ ekhabarnepal


काठमाडौँ,कार्तिक ३
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको दुई दिने बैठक आइतबार बस्दै छ।

पूर्व निर्धारित असोज २४ र २७ गते बस्न नसकेको सचिवालय बैैठक बिहान बस्ने निश्चित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बैठक खासगरी पार्टी संगठनहरुको एकीकरण, केन्द्रीय आयोग र विभागहरुको गठनबारे केन्द्रीत हुने छ।  यस्तै पार्टी, संसद र सरकार सञ्चालनका विषयहरु पनि बैठकको एजेण्डा बन्ने छन्।

बैठकमा सचिवालय, स्थायी कमिटि र केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल हुने छ।  एमाले र माओवादीबीच एकता भएको पाँच महिना वितिसक्दा पनि गठन हुन नसकेको पोलिटव्युरोको एजेण्डा पनि बैठकमा प्रवेश गर्ने सभांवना छ।

बैठकमा सचिवालय सदस्य एवं वरिष्ठ नेता माधव नेपालले प्रदेश नेतृत्व छनौटबारे पटकपटक सार्वजनिक र औपचारिकरुपमा व्यक्त गर्दै आएको असन्तुष्टीबारे समेत छलफल हुने अनुमान गरिएको छ।

पार्टी एकता भएको लामो समय वितिसक्दा पनि नेकपाको प्रदेश कमिटीले पूर्णता पाउन सकेको छैन् । यस्तै, जिल्ला कमिटि र प्रवास कमिटि गठन गर्न बाँकी नै छ।

नेता नेपाल र प्रवक्ता श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला असोज पाँच गतेको सचिवलय बैठकले प्रदेश नेतृत्व छनौट गरेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसँघको महासभामा भाग लिन अमेरिका गएका बेला संसद र आफुले आयोजना गरेको चियापान कार्यक्रममा नेता नेपालले पार्टी नेतृत्वको एकलौटी निर्णय विरुद्ध एकत्रित हुन स्थायी कमिटि सदस्यहरुलाई आव्हान गरेका थिए।

प्राप्त प्रतिकृयाहरू

To Top