निर्मला हत्या प्रकरण :  एसपी बिष्ट र इन्सपेक्टर भट्टलाई  बर्खास्त गर्न  सिफारिश

समाज कार्तिक ३ २०७५ ekhabarnepal
Nirmala murder police


काठमाडौं, कात्तिक ३

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुर घटनामा दोषी देखिएको भन्दै एसपी डिल्लीराज बिष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सेवाबाट बर्खास्त गर्न सिफारिश गरेको छ । एआइजी धीरु बस्न्यात नेतृत्वको छानविन समितिले घटनाको अनुसन्धानमा पुरै लापर्वाही गरिएको निश्कर्षसहितको प्रतिवेदन बुझाएपछि आइजीपी खनालले बर्खास्तगीका लागि गृह मन्त्रालयलाई सिफारिश गर्नुभएको हो ।

निर्मला वलात्कार पश्चात गरिएको हत्याको अनुसन्धानमा लापरवाही गरिएको भन्दै एआइजी बस्नेतले प्रतिवेदन दिए लगत्तै प्रहरी महानिरीक्षक खनालले लापरवाही गर्ने एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट इन्स्पेक्टरलाइ वर्खास्त गर्न भन्दै गृह मन्त्रालयलार्इ सिफारिश गर्नुभएको छ  ।

बिष्ट जिल्ला प्रमुख र भट्ट एरिया प्रमुख रहेकोले प्रतिवेदन आउने बित्तिकै बर्खास्त गर्न भनिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । पन्तको बलात्कारपछि हत्या भएको प्रष्ट देखिए पनि प्रहरीले अनुसनधानको सामान्य बिधिसमेत पालना नगरीउल्टो दिशातर्फ अनुसन्धान अघि बढाइएको र प्रमाण मेटाउन लागेको कारण सेवाबाटै बर्खास्त गर्ने निर्णय प्रहरी नेतृत्वले गरेको स्रोतका् भनाई छ ।

पन्त हत्यामा बिष्ट र भट्टले खेलेको भुमिकाका कारण सिंगोप्रहरी संगठनमाथि नै आक्षेप लागेपछि आइजीपी खनालले बस्न्यातको नेतृत्वमा छानविन समिति गठन गर्नुभएको थियो । बस्न्यात आफै घटनास्थल पुगेर आवश्यक अनुसन्धानपछि बिष्ट रभट्ट पुर्णत दोषी रहेको निचोडमा पुगेको थियो ।

निर्मला हत्याकाण्डमा प्रहरी अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारी र तल्लो तहका सदस्यको संलग्नताबारे छानबिन गर्न बस्न्यातको नेतृत्वमा समिति गठन गरिएको थियो । टोलीमा बस्न्यातसँगै एसएसपी उत्तमकुमार सुवेदी, निरज शाहीलगायत ९ जना रहेका थिए । यसअघि भदौ १४ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

गृह मन्त्रालयले अनुसन्धानमा संग्लन ५ जना प्रहरी अधिकृतलाई निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिएको थियो । प्रहरीले नक्कली अभियुक्तको रुपमा दिलिपलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।

गृह मन्त्रालयले शनिबार केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएका डिएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्सपेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामी निलम्बन गरेको थियो । निलम्बनमा परेका मध्ये दुई जनालाई बर्खास्त गर्न सिफारिश गरिएको हो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top