इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवासमा छापा

समाज कार्तिक १ २०७५ ekhabarnepal
 103904453 aa88f4e3 ce52 4178 8818 23ba3b5ac3f7


बुटवल,कार्तिक १ 

बेपत्ता साउदी पत्रकार जमाल खशोग्गीका सम्बन्धमा थप प्रमाण जुटाउनका लागि भन्दै टर्कीका अनुसन्धानकर्ताहरू इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवासमा प्रवेश गरेका छन्।

तर महावाणिज्यदूत मोहम्मद अल ओताइबी टर्कीबाट साउदी अरेबिया फर्किसकेका छन्।

बेपत्ता पत्रकार खशोग्गीका विषयमा अमेरिकाको चासो पनि निकै बढेको देखिएको छ।

१५ दिन अघिदेखि बेपत्ता साउदी पत्रकार खशोग्गीको हत्या भएको हुन सक्ने आशंका गर्दै त्यसबारे थप प्रमाण जुटाउन टर्कीका अनुसन्धानकर्ताहरू इस्तानबुलस्थित साउदी महावाणिज्यदूतको निवास प्रवेश गरेको बताइएको छ।

खशोग्गीको विषयमा टर्कीको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रपति रिजेप तायिप एर्दोआनसँग छलफल गरेका छन्।

टर्कीको विदेश मन्त्रालयले दुई पक्षबीचको भेट "लाभदायी एवं फलदायी" भएको बताएको छ।

टर्कीको सरकार पक्षीय एक समाचारपत्रले खशोग्गीलाई विभिन्न यातना दिइएको र त्यसबारेका अभिलेख आफूसँग भएको दाबी गरेको छ।

न्यू योर्क टाइम्प पत्रिकाले चाहिँ साउदी अरेबियाका विभिन्न आपराधिक समूहहरूसँग साउदी राजकुमार मोहमद बिन सलमानको साठगाँठ रहेको उल्लेख गरेको छ।

टर्कीका सुरक्षा फौजहरूले खशोग्गीको हत्या भएको र त्यसको पुष्टी गर्ने श्रव्य प्रमाणहरू आफूसँग रहेको बताउँदै आएका छन्।

उनीहरूद्वारा गरिएको महावाणिज्यदूतावासको खानतलासी मंगलबार बिहानसम्म जारी रहेको थियो।

त्यसक्रममा बगैँचाको माटो र धातुको मूलद्वारका नमुनाहरू संकलन गरिएको बताइएको छ।

१५ जनाको समूहमा आएका साउदी प्रतिनिधिहरूले खशोग्गीको हत्या गरेको टर्किका सुत्रहरूको दाबी छ।

उनीहरूले त्यो समूह महावाणिज्यदूतावास भित्र पसेर निस्किएको सीसीटीभी तस्बिरको अभिलेख सञ्चारमाध्यमहरूलाई वितरण गरिएको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top