सेवाग्राही लक्ष्तिगरि दशै 'बिदामा पनि शाईन रेसुगां बैक खुल्ला' 

अर्थ असोज ३० २०७५ ekhabarnepal
N1

बुटवल ।
दशैंमा देशैभरका प्राय सबै डेभलपमेण्ट बैक बन्द भइरहेपनि बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन डेभलपमेण्ट बैकले मुख्य चार वटा शाखा कार्यालयबाट ग्राहकलाई नियमित सेवा दिएको छ ।बैकले बुटवलको टाफिक चोक स्थित बुटवल शाखा कार्यालय, गुल्मिको तम्घास, अर्धाखाचीको सन्धिखर्क र प्युठानको बिजुवार शाखा कार्यालयबाट नियमित सेवा प्रवाह गरेको हो ।
नेपालभरी कै डेभलपमेण्ट बैकहरु मध्ये सवल र सुदृढ बैकका रुपमा स्थापित भएको शाइन रेसुगांले गत बर्षपनि दशैको बिदामा नियमित सेवा प्रवाह गरेको थियो ।बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले यस क्षेत्रका आम नागरीक र सेवाग्राहीहरुको बिश्वासमा बैकले प्रगति गरीरहेको उल्लेख गर्दै बिश्वासमा कमी आउन नदिन र सार्बजनिक बिदा नहुदा सम्म आफनो काममा व्यस्त हुने कर्मचारी तथा पर्वमा आर्थिक कारोवार गर्न चाहने व्यवसायीहरुलाई लक्ष्यित गरी मुख्य शाखा कार्यालयहरुबाट सेवा प्रवाह गरेको बताउनु भयो ।
आज मंगलवार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सेवा प्रवाह गरेको बैकले भोली बुधवार पनि सोही समयमा सेवा प्रवाह गर्ने छ ।बुटवलको टाफिकचोकमा रहेको शाखा कार्यालयमा ११ बजेदेखि २ बजेसम्म नै सेवाग्राहीको घुईचो लागेको थियो ।  दिउसो २ बजेसम्म आएका सेवाग्राहीलाई ढिलासम्म गरेर नगद जम्मा र नगद भुक्तानीको सेवा दिएको बैकका शाखा प्रमुख किरण नेपालले जानकारी दिनुभयो । उहाका अनुसार बुटवल शाखा कार्यालयबाट मात्रै आज २ सय बढी सेवाग्राहीले सेवा लिएका छन ।दशैंको बिदामा सेवा प्रवाह गर्दा सेवाग्राहीबाट पाएको माया सन्तुष्टि र बिश्वासले आफुलाई निकै खुशि बनाएको नेपालले बताउनु भयो ।आज बुधवार राष्टियस्तरका सिद्धार्थ बैक, सानिमा बैक, प्रभु बैक, नबिल बैक, स्ट्याण्डर्ड चाटर्ड बैक, माछापुच्छ्रे बैक, जनता बैक र सेञ्चुरी बैकका शाखा कार्यालयहरुले आशिंक सेवा प्रवाह गरेका छन ।नेपाल राष्ट बैकका निर्देशक तथा भैरहवा शाखाका मुख्य व्यवस्थापक अशोक पौडेलले राष्ट बैकमा नै बिदा भएकाले सबै बैकलाई सेवा दिन बाध्य पार्न नसकेको र केही सिमित बैकले मात्रै दशैमा स्वैच्छिक रुपमा सेवा दिएको बताउनु भयो । 

प्राप्त प्रतिकृयाहरू

To Top