चितवन  बस दुर्घटनामा १२ घाइते

समाज असोज ३० २०७५ ekhabarnepal
Road accident


 
रासस
चितवन,असोज ३०  | 
भरतपुर आँपटारी देवघाट सडकखण्डमा मंगलबार बिहान भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् ।

देवघाटबाट पोखरा बसपार्कतर्फ आउँदै गरेको ना७ख १५५४ नम्बरको सिटी बस तीव्र गतिका कारण अनियन्त्रित भई नालामा पल्टिएर दुर्घटनामा भएको थियो ।

दुर्घटनामा घाइते भएका सबैको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा ३० यात्री सवार रहेका थिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बस चालक भने फरार रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top