प्रतिपक्षी दलको सहमतिमै विधेयक पास हुन्छ - नेकपा नेता शर्मा

राजनीति असोज ३० २०७५ ekhabarnepal
Nn1

काठमाडौं,३० असोज ।

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा सत्तारुढ नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले प्रतिपक्षी दललाई विश्वासमा लिएरै विधेयक पास हुने गरेको बताउनुभएको छ ।

एबीसी न्यूजसँग विशेष कुराकानी गर्दै नेता शर्माले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने सम्पूर्ण विधेयकहरु पारित गर्न प्रतिपक्षी दलसँग प्रयाप्त छलफल र संशोधनको लागि समय भएको बताउनुभयो । उँहाले स्वयम राष्ट्रिय सभाले स्वयम् आफै विधेयकहरु तयार गरी छलफलका लागि प्रतिनिधिसभामा पढाएको बताउनुभयो ।
केही दिन अघि, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभालाई सत्तारुढ दलले प्रतिनिधिसभाको छायांका रुपमा मात्र प्रयोग गरेको आरोप लगाएको थियो । तर, नेता शर्माले, राष्ट्रिय सभा र प्रतिनिधि सभाबीच आपसी समन्वयमै विधेयकहरुमाथि प्रयाप्त छलफल, संशोधन र बहसपछि मात्र पारित हुने गरेको स्पष्ट पार्नुभयो ।

अझै पनि संविधान कार्यन्वयनको लागि केही विधेयकहरु पारित गर्नुगर्ने काम बाँकी भएको भन्दै शर्माले आगामी अधिबेशनले ती कामलाई पूर्णता दिने विश्वास व्यक्त गर्नुभयो ।शर्माले यदि मुलुकलाई तत्कालै अत्यावश्यक ऐन कानून चाहिएमा तयारी अवस्थामा रहेका विधेयकलाई अध्यादेश मार्फत समेत ल्याउन सकिने तर्क गर्नुभयो ।संघीयता कार्यान्वयनको चरण भएकाले सम्र्पूण काम पुरा हुन अझै केही समय लाग्ने भन्दै नेता शर्माले संसद र सरकारले जनसोरकारका विषयलाई केन्द्रमा राखेको दाबी गर्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top