प्रदेश दुईले गरेको प्रहरी भर्नाको निर्णय खारेज हुन्छ : मन्त्री पण्डित

राजनीति असोज २९ २०७५ ekhabarnepal
Lalbabu pandit 320x224

काठमाडौँ,अशोज २९
 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्र्न लागेकोबारे आफूलाई पूर्ण रुपमा जानकारी नभएको स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले भने, ‘यदि निर्णय भएको छ भने त्यो कार्यान्वयन हुँदैन, खारेज हुन्छ ।’

दुई नम्बर प्रदेश सरकारले छिट्टै प्रहरी भर्ना गर्ने तयारी गरेको भन्ने कुरा आफुलाई थाहा नभएको र अधिकार नभएको विषयमा निर्णय गरे त्यो कार्यन्वयन नहुने बताए ।

मन्त्री पण्डितले मुलुक संघीय प्रणालीमा अघि बढिसकेको बताउँदै अब राजनीतिक व्यवस्थापनको काम समेत सकिएको जिकिर गरे । अहिले प्रशासनिक व्यवस्थापनको काम पनि धेरै हदसम्म अगाडि बढेको भन्दै अब मुलुकले गति लिएको पण्डितको दाबी छ ।

अहिले स्थानीय तह, प्रदेश र केन्द्रिय तहको संगठन तथा संरचनाहरु तयार गरी त्यही अनुसार राष्ट्र सेवकहरुलाई व्यवस्थापनको काम धेरै हदसम्म पूरा मन्त्री पण्डितले बताए ।

कुनैपनि देशको संघीय प्रणाली अर्थात केन्द्रिकृत प्रणालीबाट संघीय प्रणालीमा जाँदा केही जटिलता उत्पन्न हुनु र व्यवस्थापनमा केही समय लाग्नु स्वभाविक भएको उल्लेख गर्दै मन्त्री पण्डितले यो कामलाई छिटो परिणाम ल्याउनेगरि अगाडि बढेको दाबी गरे ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार स्थानीय तह, प्रदेश तह र केन्द्रको पनि माँग र आवश्यकत्ता अनुसार राष्ट्र सेवकहरुको नयाँ नियुक्तीको प्रक्रिया अब छिट्टै सुरु गर्ने पनि बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top