राजाले लगाउने 'श्रीपेच' प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक

राजनीति असोज २९ २०७५ ekhabarnepal
Nn0

काठमाडौं असोज  २९,

शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट  सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले पनि अब  श्रीपेच देख्न पाउने छन्। विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।संग्राहलयको रुपमा राजदरबारसँग सम्बन्धीत धेरै वस्तुहरु आम जनताले अवलोकन गर्दै आएपनि श्रीपेच लगायतका केही वस्तुहरु भने अवलोकनको लागि नराखिएको बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top