अव चुनाव लड्नु हुन्न'बामदेव गौतम' -प्रचण्ड

राजनीति असोज २६ २०७५ ekhabarnepal
55949

काठमाडौं असोज २६,
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौ ७ बाट बामदेव गौतम नउठने प्रष्ट पार्नुभएको छ । प्रचण्डले भन्नुभयो,–‘बामदेव जीले उपचुनावमा म लड्दिनँ भनेपछि अब यो बिषयमा छलफल गर्नुको कुनै अर्थ छैन ।’ शुक्रबार आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले विकास निर्माण छाडेर यो लफडामा अब लाग्न नहुने बताउनुभयो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दिया निर्वाचन क्षेत्र–१ बाट पराजित गौतमले काठमाडौं–७ लाई खाली गराएर फेरि चुनाव लड्ने योजना बुनेका थिए। काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेकपाका रामवीर मानन्धरले गौतम यस क्षेत्रबाट चुनाव लड्ने भए आफूले राजीनामा दिएर ठाउँ खाली गर्ने घोषणा गरेका थिए। मानन्धरले गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन पार्टी अध्यक्ष पुष्पकमल दाहालमार्फत राजीनामा बुझाएका थिए । मानन्धरको राजीनामा र गौतमले काठमाडौंबाट चुनाव लड्ने विषयले गत २२ गते बसेको नेकपा सचिवालय बैठकमा प्रवेश पाएको थियो। मानन्धर आफैंले पनि पत्रकार सम्मेलन गरी गौतमका लागि आफूले राजीनामा दिने बताएका थिए।

गौतमको चुनाव लड्ने निर्णय र मानन्धरको राजीनामा घोषणालाई लिएर पार्टी पंक्तिभित्रै समर्थन र विरोधका स्वर सुनिन थालेका थिए। पार्टीभित्र समर्थनभन्दा पनि विरोधको स्वर चर्को भएकाले गौतम पछाडी हटेका हुन्। आफुप्रति जनमानसमा व्यापक असन्तुष्टि र बिरोध बढेपछि उनी स्वय चुनाव उठदिन भन्न बाध्य भएका हुन् ।  

प्राप्त प्रतिकृयाहरू

To Top