'दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गर्न नपाउने' प्रणालीको व्यवस्था गर्न सरकारलाई निदेृशन 

राजनीति असोज २३ २०७५ ekhabarnepal
Nn1

काठमाडौं । संसदको अर्थ समितिले ठूला चाडपर्व आउनुभन्दा २ महिना अघिदेखि कुनै पनि दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गर्न नपाउने प्रणालीको व्यवस्था गर्न सरकारलाई निदेृशन दिएको छ ।  
दसैं, तिहार, छठलगायतचाडपर्वको समयमा हरेक वर्ष मूल्य वृद्धिको समस्याले नागरिक आक्रान्त भइरहने सन्दर्भमा यी चाडपर्व शुरु हुनुभन्दा कम्तिमा २ महिना पहिलेदेखि नै आधारभूत सामग्रीको अस्वभाविक मूल्य वृद्धिमा नियन्त्रण गर्ने प्रणालीका लागि आवश्यक कानुनी व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । 
चाडपर्वको समयलाई मध्यनजर गरी तत्काल सुपथ मूल्य पसलको अवधि र क्षेत्रगत दायरा विस्तार गरी समयमा गुणस्तरीय, सुलभ र सुपथ मूल्यमा वस्तु वा सेवाको आपूर्तिको व्यवस्था सुनिश्चित हुने गरी कार्य गर्न गराउन पनि अर्थ मन्त्रालयलाई अर्थ समितले निर्देशन दिएको छ । 
  

प्राप्त प्रतिकृयाहरू

To Top