आईसीसी ट्वान्टी—२० विश्वकप : भुुटानविरुद्ध नेपालको शानदार जीत 

खेल असोज २३ २०७५ ekhabarnepal
Nn1

काठमाडौं । आईसीसी ट्वान्टी—२० विश्वकप एसिया छनोट समूह ‘बि’ मा नेपालले लगातार चौथो जित निकालेको छ । मंगलबार मलेसियाको युकेएम—वाईएसडी क्रिकेट मैदानमा भएको भुटानसँगको खेलमा नेपालले ११७ रनको शानदार जीत निकालेको हो ।नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकट गुमाएपछि नेपालले सहज जित निकालेको हो । १५१ रनको लक्ष्य पछ्याएको भुटानका लागि तेन्जिङ वाङचुुक जुनिएरले ११ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

भुटानलाई ३३ रनमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । जसमा सन्दीप लामिछाने र ललित नारायन राजवंशीले समान ३—३ विकेट लिए भने वसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले समान एक—एक विकेट लिए ।यसअघि पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो । जसका लागि ओपनिङ ब्याट्सम्यान प्रदीप ऐरीले सर्वाधीक ७५ रन बनाएका थिए भने अनिलकुमार शाहले २७, दिपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ र करण केसीले ११ रनको योगदान गरेका थिए ।नेपालको ४ विकेट लिने क्रममा भुटानका थिन्ले जम्त्सो, सञ्जेभन गुरुङ, जिग्मी सिन्ग्या र रमेश लिम्बुले समान एक—एक विकेट लिएका थिए । 

प्राप्त प्रतिकृयाहरू

To Top