नेकपा सचिवालय बैठकको निश्कर्ष :प्रदेश नेतृत्व चयनमा  सहमति

राजनीति असोज २२ २०७५ ekhabarnepal
Nn4

काठमाडौं असोज २२,
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक पार्टी विवादमा भन्दा नेताहरुको विदेश भ्रमणको ब्रिफिङमा केन्द्रित भएको थियो ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघीय महासभाको ७३ औं बैठकमा सहभागिता र कोष्टारिका भ्रमणबारे जानकारी गराउन्भएको थियो । उहाँले महासभा बैठकमा नेपालको बिशिष्ट शान्ति प्रक्रियाबारे जानकारी गराउँदै बिकास र समृद्धिको यात्रा थालिएको र त्यसमा सहयोग गर्न आब्हान गरिएको बताउनुभयो ।

महासंघीय सहभागिता प्रभाबकारी र सफल भएको बताउनुभएको थियो । अर्का, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुबै छिमेकी भारत र चीन भ्रमणबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो । उहाँले दुबै भ्रमणमा दुई सरकारबीच भएका सहमति कार्यान्वयनमा जोड दिएको बताउनुभएको थियो ।प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा नेताहरुको भ्रमणको ब्रिफिङ मात्र भएको बताउनुभयो । श्रेष्ठले पनि आफ्नो चीन भ्रमणबारे जानकारी गराउनुभएको थियो । श्रेष्ठ १५ सदस्यीय टोलीको नेतृत्व गर्दै साता लामो भ्रमणमा चीन जानुभएको थियो । 

त्यस्तै, बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले अफ्रिकी मुलुक घाना र चीन भ्रमणबारे जानकारी गराउनुभएको थियो ।  श्रेष्ठ र नेपाल  दुबै बाहिर गएका बेला बसेको सचिवालय बैठकले प्रदेश पद्याधिकारी तोकेपछि दुबै नेताले असन्तुष्टी सार्वजनिक गर्नुभएको थियो । नेता नेपालले त संसदमा देश डुब्न लागेको भन्दै बचाइदिन माझीलाई आब्हान गर्नुभएको थियो भने स्थायी समितिको अनौपचारिक चियापानसमेत गर्नुभएको थियो । 

बैठकमा उक्त विवाद र कमिटीहरु निर्माणबारे छलफल नभएको श्रेष्ठले बताउनुभयो । अर्को बैठकका लागि एजेण्डा भने तय गरेको छ । प्रदेश, जिल्ला कमिटी गठन, स्थायी समितिको बैठकको मिति, पार्टी र सरकार सञ्चालन प्रभावकारी बनाउने विषयमा अर्को बैठकमा छलफल हुने उहाँले बताउनुभयो । सचिवालय अर्को बैठक २४ गते बस्ने तय भएको छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top