नेकपा केन्द्रीय सचिवालयको बैठक फेरि २४ असोजमा बस्ने 

राजनीति असोज २२ २०७५ ekhabarnepal
Images cms image 000058567


 काठमाडौँ असोज २२

स्थायी समिति बैठक तयारीका लागि सत्तारुढ नेकपा केन्द्रीय सचिवालयको बैठक फेरि २४ असोजमा बस्ने भएको छ।

आज बसेको केन्द्रीय सचिवालयको बैठकले २४ असोजमा बैठक बस्ने निर्णय गरेको हो। बरिष्ठ नेता माधब नेपालले असन्तुष्टि जनाएको विषयमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा छलफल नै हुन सकेन ।

बैठकले स्थायी कमिटि बैठकको मिति तय समेत गर्न सकेन ।

नेतृत्वले स्थायी कमिटिलाई ‘बाइपास’ गरेर प्रदेश नेतृत्व एकलौटी छनौट गरेको र अन्य कामकारबाही पनि पारदर्शीरुपमा नगरेको भन्दै नेता नेपालले पार्टी सचिालयमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

बरिष्ठ नेता नेपालका अनुसार २४ गते बस्ने बैठकले स्थायी समिति बैठकका एजेण्डा तयार गर्नेछ।

‘उहाँहरुले तयार पारेका एजेण्डामाथि २४ असोजको बैठकमा छलफल हुनेछ’ नेपालले भने, ‘आगामी बैठक स्थायी समितिको तयारी बैठक हुनेछ।’

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो न्यूयोर्क भ्रमणबारे ब्रिफिङ गरेका थिए। 

तर नेता नेपालले ५ असोजको बैठक र त्यसका निर्णयप्रति पेश गरेको असहमति पत्रमाथि चाहिँ छलफल भएन।

‘प्रधानमन्त्री ओलीको अमेरिका-कोष्टारिका भ्रमणबारे उहाँले ब्रिफिङ गर्नुभयो’ नेपालले भने, ‘अरु विषयमा कुनै निर्णय भएन।

सचिवालयका अर्का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सोमबारको बैठकमा २४ गते फेरि सचिवालयकै बैठक बस्ने र छिटो भन्दा छिटो तल्लो तहको एकता गर्ने निर्णय गरेको जानकारी दिए।


 

प्राप्त प्रतिकृयाहरू

To Top