'पार्टी एकता भवितव्य होइन' - प्रधानमन्त्री ओली

राजनीति असोज २१ २०७५ ekhabarnepal
Nn0

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता भवितव्य नभएको जिकिर गरेका छन् । काठमाडौँमा आइतबार शुभशंकर कँडेलकृत ‘अवतरण’ किताब विमोचन गर्दै उनले नेपालीले आफ्नै बलबुतामा असाधारण परिवर्तन गरेको भन्दै विकास समृद्धिको यात्रामा हिँड्न आफैँ सक्षम भएको बताए ।

“यहाँ भएका आन्दोलन र परिवर्तन अरूले नै गरिदिएजसरी टिप्पणी गरिन्छ,” उनले भने, “लडाइँ पनि हामीले नै गरेको हौँ । शान्ति परिवर्तनको दिशामा पनि हामी आफैँ हिँडेका हौँ ।”
उनले लोकतन्त्र पनि भवितव्यमा नआएको जिकिर गर्दै मुलुक प्रतिगमनको दिशामा जान नसक्ने जिकिर गरे । उनले इरान, फ्रान्स, स्पेन, व्रिटेनको उदाहरण दिँदै नेपालको लोकतान्त्रिक आन्दोलन लहडमा नभइ दलहरूको परिपक्वतामा भएको जिकिर गरे ।

त्यस्तै उनले शान्ति प्रक्रिया टुंगिइसकेको बताउँदै केही अवशेष बाँकी रहेको बताए । फरक प्रशंगमा उनले व्यक्तिगत रिसइवी, गम्भीर प्रकृतिको मानवताविरुद्ध गरेको अपराधका घटना (राज्य र विद्रोही दुवै पक्षबाट घटाइएको)का दोषीलाई उन्मुक्ति नदिइनेसमेत स्पष्ट पारे ।

प्राप्त प्रतिकृयाहरू

To Top