थाइल्यान्ड विरुद्धको तेस्रो खेलमा नेपाल १४० रनले विजयी 

खेल असोज २१ २०७५ ekhabarnepal
Nn0

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत पूर्वी एसिया छनोटको तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डिएल मेथडमा १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालका बलिङ अलराउन्डर करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले थाइल्यान्डलाई ८.५ ओभरमा १८ रनमा समेटेको हो । करन म्यान अफ द म्याच घोषित भए ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएपछि १७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डका ब्याट्सम्यानहरुले दोहोर अंक जोड्न सकेनन् । त्यस्तै, थाइल्यान्डको ब्याटिङ धरापमा पार्न नेपालका सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए भने करन केसीले ३ विकेट लिए त्यस्तै, ललितनारायण राजवंशीले एक विकेट लिएका थिए ।

यसअघि थाइल्यान्डका कप्तान विचनाथ सिंहले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका थिए । पहिला ब्याटिङ गरेको नेपालका लागि बलिङ अलराउन्डर करन केसीले आक्रामक ब्याटिङ गरी १४ बलमा ४ छक्का र २ चौका हान्दै अविजित ४० रन बनाएका थिए भने शरद भेषावकरले २८ बलमा २ चौकासहित ३४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३० रन जोडेका थिए । त्यस्तै, ओपनर अनिलकुमार शाहले १७ बलमा ५ चौकासहित २५ रन बनाउँदा विनोद भन्डारीले ८ बलमा २ चौका र १ छक्का हान्दै १५ रन जाडेका थिए ।थाइल्यान्डका वायुपथ सुङनार्डले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिँदा कप्तान बिचनाथले २ विकेट लिए । खेलको ८.५ ओभरमा पानी परेपछि नेपालले थाइल्यान्डलाई डिएल मेथडमा १४० रनले पाजित गरेको हो । 

प्राप्त प्रतिकृयाहरू

To Top