आज नेकपाको सचिवालय बैठक बस्दै 

राजनीति असोज २१ २०७५ ekhabarnepal
Download

काठमाडौँ असोज २१,  
 मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । 

नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीबिच शुक्रबार भएको भेटमा भएको छलफल अनुसार आज सचिवालयको बैठक बस्न लागेको हो । सचिवालय बैठकमा पार्टी एकतालाई मजबुद बनाउनेसहित समसामयिक राजनीतिक परिवेशबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । 

दुवै अध्यक्ष विदेशमा भएका बेला पार्टीभित्र विवाद उत्पन्न भएको र नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका बेला शुक्रवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो ।यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका गर्नुभएको थियो । पार्टीको जनवर्गीय तथा भतृसंगठनलगायत तल्लो तहमा वाँकी रहेको एकिकरणको प्रकृयाबारे निर्णय लिन सचिवालय बैठक बोलाइएकोे हो। 

  

प्राप्त प्रतिकृयाहरू

To Top