जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता 

राजनीति असोज २० २०७५ ekhabarnepal
Nn2

काठमाडौं असोज २०,  
 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताउनु भएको छ ।
अध्यक्ष दाहालले पार्टी भित्र र बाहिर विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गरेर सरकारको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । सरकारको कामलाई लिएर पार्टी भित्रैबाट चर्को आलोचना भईरहेका बेला उहाँले जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने योजना अघि सार्नु भएको हो ।शनिबार दसैंलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ‘गियर बदल्दै गाडीको गति दिए जसरी नै सरकारको काममा गति दिने बताउनु भयो । अध्यक्ष दाहालले मुलुकको सामाजिक न्यायसहितको समृद्धिको एजेन्डामा सरकार दृढ रहेको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष दाहालले पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी पनि दिनु भयो । उहाँले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दावी पनि गर्नु भयो ।भोली आईतबार बस्ने सचिवालय बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने अध्यक्ष दाहालको भनाई छ । अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता पनि व्यक्त गर्नु भयो ।अध्यक्ष दाहालले पार्टी एकतालाई सुदृढ हुन नदिन षडयन्त्र भईरहेको भन्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । 

प्राप्त प्रतिकृयाहरू

To Top