अब नेपालमै "को बन्छ करोडपति" 

मनोरञ्जन असोज २० २०७५ ekhabarnepal
Nn1

काठमाडौं असोज २०, 
 भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएको सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए ।

नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्रा्ष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याए ।एसआरबिएनका प्रमुख कार्यकारी अधिकृत बिपिन आचार्यले आउँदो जेठबाट केबिसी  एपीवान  टेलिभिजनमा प्रसारण हुने जानकारी दिए। कार्यक्रमको प्रस्तोताका रुपमा महानायक राजेश हमाललाई छनोट गरिएको छ। ग्रेट ब्रिटेनकै ढाँचा अनुसार रजिस्ट्रेसन खुलेपछि एसएमएस र आभीआरद्वारा छानिने र ती मध्ये १० जना फास्टेस्ट फिंगरकालागि चुनिने आयोजकले जनाएको छ।

चुनिएका १० जना कार्यक्रममा गई हट सिटको लागि प्रतिस्पर्धा गर्दछन् र ती मध्ये छिटो उत्तर मिलाउने भाग्यमानीले एक करोडको लागि खेल्न पाउँछन्। खेलको बीचमा उसको सहजताको लागि तीनवटा लाइफ लाइन– फीप्टी फीप्टी, अडियन्स पोल र फोन–अ–फ्रेण्ड हुन्छन जुनलाई कुनै अफ्ठेरो स्थितिमा उसले प्रयोग गर्न पाउँछ।

कार्यक्रमको तयारीका लागि मानिसले एप पनि डाउनलोड गरी त्यसमा भएका प्रश्नोत्तर अध्ययन गरी निश्चित प्वाइन्ट जितेपछि उत्कृष्ट उपहार जित्न सक्ने आयोजकले जनाए छन्। पत्रकार सम्मेलनमा महानायक राजेश हमाल, टेलिभिजनका प्रतिनिधि र आयोजकहरुको उपस्थिति रहेकाे आयोजकले जनाएको छ।

भारतमा चार वटा भाषामा प्रसारण हुँदै आएको कार्यक्रम अन्य विभिन्न देशका टेलिभिजनले पनि प्रसारण गर्दै आएका छन् ।भारतमा कौन बनेगा करोडपति कार्यक्रम महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन् । नेपाली संस्करणको सञ्चालन भने नायक राजेश हमालले गर्नुहुनेछ । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top