ओली दाहाल बैठक पछि नेकपाले बोलायो आइतबारलाई सचिवालयको बैठक 

राजनीति असोज १९ २०७५ ekhabarnepal
Nn1

काठमाडौं असोज१९, 
 नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले बाँकी रहेको एकीकरण तथा समसामयिक विषयमा छलफल गर्न आइतबार पार्टी सचिवालयको बैठक आह्वान गरेको छ।   अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि महासचिव बिष्णु पौडेलले आइतवार अपरान्ह सचिवालय बैठक बोलाउनुभएको हो । 

दुवै अध्यक्ष विदेशमा भएका बेला पार्टीभित्र विवाद उत्पन्न भएको र नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका बेला शुक्रवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो ।यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका गर्नुभएको थियो । पार्टीको जनवर्गीय तथा भतृसंगठनलगायत तल्लो तहमा वाँकी रहेको एकिकरणको प्रकृयाबारे निर्णय लिन सचिवालय बैठक बोलाइएकोे हो।  

प्राप्त प्रतिकृयाहरू

To Top