जिल्ला मातहतका कमिटी गठनका लागि  प्रत्येक जिल्लामा ४। ४ जनाको कार्यदल

राजनीति असोज १९ २०७५ ekhabarnepal
Shankar

बुटवल, असौज १९ ।

आफनो बिरोधलाई मत्थर पार्न सरकार बिरुद्धको आन्दोलनमाः मुख्यमन्त्री पोखरेल 
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीमा आफु भित्रको बिरोधलाई मत्थर पार्न सरकार बिरुद्ध योजनाबद्ध रुपमा लागेको आरोप लगाउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश कमिटीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाटीका स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज समेत रहनु भएका मुख्यमन्त्री पोखरेलले  निर्वाचनमा काग्रेस पराजित भएपछी  देउवाले आफनो बिरोधलाई मत्थर पार्न सरकार बिरुद्धको आन्दोलनमा पार्टीलाई गराएको बताउनु भयो । उहाले भन्नुभयो पार्टी भित्रको बिरोध मत्थर पार्न सरकार बिरुद्धको आन्दोलनमा योजनाबद्ध रुपमा देउवा जी लाग्नु भएको छ उहाले आफनो मक्सद प्ले गरीरहनु भएको छ ।
मुख्यमन्त्रि पोखरेलले दुई कम्युनिष्ट पार्टी औपचारिक रुपमा एक भएपछी काग्रेसले योजनाबद्ध रुपमा सरकार माथि प्रहार गरीरहेको समेत बताउनु भयो । दुई पार्टी औपचारिक रुपमा एक नहुदा सम्म सरकारको खासै बिरोध थिएन चलखेल गरेर सत्तामा पुगिन्छ कि भन्ने आश थियो होला अहिले त्यो सकियो त्यसैले काग्रेसले योजनाबद्ध प्रहार गरीरहेको छ उहाले भन्नु भयो ।
उहाले समाजका बेथितिहरुलाई अन्त्य गर्दै सुधार र बिकासका एजेण्डाका साथ संघिय सरकार अघि बढन खोजिरहेकोमा समाजमा अस्थिरता चाहिरहने शक्तिले नियोजित रुपमा अफवाह फैलाई रहेको पनि  बताउनु भयो ।
उहाले बलियो सरकार बनेका समयमा हिंसा सहेर बस्नु हुदैन भन्ने मनोवल महिलाहरुमा बढेकाले महिला हिंसाका घटना बाहिर आउने क्रम बढेको उल्लेख गर्दै त्यस्ता घटनामा संलग्नलाई कडा कारवाही हुने बताउनु भयो ।
उहाले सरकारले यातायात क्षेत्रको सिण्डिकेट, निर्माण क्षेत्रको दवदवा, गैर सरकारी संघ सस्थाहरुको अनुगमन तथा बजारको एकाधिकार तोडेर समाजमा सुधार गर्न खोज्दा पनि सरकार माथि प्रहार भईरहेको बताउनु भयो । अहिले जनता निराश भएको नभई सरकारले छिटो काम गरोस भन्ने चाहेको बताउनु भयो । समाजमा अस्थिरता गर्न चाहनेहरुका बिरुद्ध सरकार सफल हुने उहाले बताउनु भयो ।
कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष तथा पुर्वसभामुख ओनसरी घर्तिले पार्टीका सबै कार्यकर्ताको मनोवललाई उचो बनाउदै पार्टीलाई बलियो बनाउने बताउनु भयो ।
नेकपाको प्रदेश कमिटिको बैठकले प्रदेश अन्र्तगतका १२ जिल्ला मातहतका कमिटी गठनका लागि सिफारिस गर्न र पार्टीका तत्काल कार्यक्रम सञ्चालनका लागि प्रत्येक जिल्लामा ४। ४ जनाको कार्यदल निम्न अनुसार गठन गरेको छ ।
 
 
पुर्वी रुकुम 
    मेघबहादुर श्रेष्ठ  
    टोपबहादुर वली 
    सतमान पुन 
    होमप्रसाद श्रेष्ठ 
रोल्पा 
    आशबहादुर पुन 
    कुमार दसौधी 
    सुरेन्द्र घर्ति 
    हरिप्रसाद घर्ति 

प्युठान 
    कृष्ण अधिकारी 
    तुल्सीराम शर्मा 
    धनबहादुर रायमाझी 
    नारायण अधिकारी 

अर्घाखाँची 
    चेतनारायण आचार्य 
    छमकुमारी खनाल 
    जनार्दन खनाल 
    तोजबहादुर रायमाझी 

गुल्मी 
    बालसिंह काउँछा 
    बिरबहादुर कार्की 
    बुद्धि जि.सी. 
    मधुकृष्ण पन्त 
पाल्पा 
    नारायण आचार्य 
    नेत्र पाण्डे 
    राधाकृष्ण कडेल 
    राजेन्द्र विश्वकर्मा 
रुपन्देही 
गोपाल भट्टराई
निर्मल जि.सी. 
शिवराज सुवेदी 
    अनुप बराल

पश्चिम परासी 
    घनश्याम यादव 
    तुल्सी पासी 
    थानप्रसाद गैरे 
    सिता पौडेल 
कपिलवस्तु 
    झविलाल पोखरेल 
    डम्मर शर्मा 
    भानुप्रकाश श्रेष्ठ 
रामचन्द्र शाह     
    
दाङ 
    टिकाराम खड्का 
    तुल्सीराम पुन 
    रामजी चौधरी 
    शिवकुमार आचार्य 

बाँके 
    अक्कलबहादुर बम 
    अशोक कोइराला 
    गोपाल गिरी 
    प्रकाश सुवेदी 

बर्दिया 
    पुर्ण शर्मा 
    भुवनकुमार थारु 
    लक्ष्मीप्रसाद शर्मा  
    हरि ज्ञवाली  

    
विहान आयोजित पत्रकार सम्मेलनमा वितरि विज्ञप्तिका अनुसार वैठकले स्थानीय तहको कामलाई प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न पार्टीको तर्फबाट आवश्यक सहयोग गरी योजना, कानुन, सुशासन, कर प्रणाली, बजेट जस्ता विषयहरुमा योजना निर्माण गर्न र कार्यान्वन गर्न विज्ञहरुको सहयोगमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने र
पार्टी मातहतका सबै तहहरुमा भेला र प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरी पार्टी पंक्तिलाई पार्टी र सरकारको पक्षमा क्रियाशिल बनाउने निर्णय गरेको छ । 
 बुटवल स्थित पुष्पलाल स्मृति भवनलाई हालका लागि प्रदेश नं. ५ को पार्टी कार्यालयको रुपमा सञ्चालन गर्ने र कार्यालय सचिवको रुपमा बलराम अधिकारीलाई जिम्मेवारी दिइएको छ । 

  जिल्ला मातहतका दुवै पार्टीका कार्यालय एवं भौतिक सम्पत्तिहरुको अभिलेख तयार गरी मातहतका कार्यालयको ब्यवस्थापनको योजना सहित प्रदेश कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको छ । त्यस्तै पार्टीका अलग अलग रुपमा रहेमा पार्टी सदस्यता अभिलेखलाई एकिकृत रुपमा ब्यवस्थित गर्ने र एकिकृत रिपोर्टलाई प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय  गेरको छ । कार्यक्रमको सञ्चालन प्रदेश सचिव जोग प्रसाद शर्माले गर्नु भएको थियो ।


 

प्राप्त प्रतिकृयाहरू

To Top