यस्तो छ वास्तविकता:युवाको हातमा छ काटिएको टाउको  

समाज असोज १९ २०७५ ekhabarnepal
Nn2

काठमाडौं असोज १९, 
  पछिल्लो समय बलात्कारका घटनामा बृद्धि भएसँगै बलात्कारीलाई कडाभन्दा कडा कारवाहीको माग भइरहेको छ ।
यसै सन्दर्भमा केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न फेसबुक ग्रुपहरुमा एउटा भिडियो भाइरल भएको छ । जसमा एकजना युवकले शरीरबाट छुट्टिएको टाउको हातमा बोकेर हिँडिरहेको देखिन्छ र उनी प्रहरी चौकी सम्म पुग्छन् । उनको सर्टमा रगत लतपतिएको छ ।सामाजिक सञ्जालहरुमा आफ्नी बहिनीलाई बलात्कार गर्ने युवकलाई किशोरीको दाईले घाँटी छिनाएर सजाय दिएको र टाउको लिएर प्रहरीलाई बुझाएको भन्दै सामाजिक सञ्जालहरुमा सेयर भइरहेको छ ।
यसलाई कतिपयले नेपालमा पनि भरखरै यस्तो भयो भन्दै पोस्ट गरिरहेका छन् भने कतिपयले भारतमा बलात्कारीलाई पीडितका दाइले कारवाही गरेको भन्दै प्रचार भइरहेको छ ।

यो भिडियोले भारतमा पनि केही दिन यता यो भिडियोले हंगामा मच्चाइरहेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको छ ।सामाजिक सञ्जालहरुमा भारतीय कांग्रेसका नेता राफिक अलीले नीलमको बलात्कार गरे र उनको भाइले राफिकको टाउको काटे भन्दै भिडियो भाइरल भइरहेको छ ।

यो भिडियो बहिनी बलात्कारमा परेको भन्दै उनका दाइले बलात्कारीको टाउको काटेको घटनासँग जोडिएर नेपालमा चर्चा भइरहेपनि वास्तविकता भने त्यस्तो छैन ।यो घटना भारतको कर्नाटकको मंड्या जिल्लाको हो । २९ सेप्टेम्बर९असोज १३० गते चिकाबगिलू गाउँमा बस्ने २४ वर्षीय पशुपतिको गाउँका २८ वर्षीय गिरीशसँग झगडा भयो ।झगडामा गिरीशले पशुपतिको आमालाई फोहरी शब्द प्रयोग गरि गाली गरे । त्यसपछि पशुपतिले होस गुमाए र गिरीशको शिर काटिदिए । काटिएको शिर आफ्ना हातमा लिएर पशुपति मालावती प्रहरी चौकीसम्म पुगे ।
मालावाली प्रहरी शिवप्रकाश देवराजूले घटनाको पुष्टि गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top