प्रधानमन्त्री ओली र प्रचण्ड बिच बालुवाटारमा छलफल

राजनीति असोज १९ २०७५ ekhabarnepal
Nn1

काठमाडौं,१९ असोज । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई विहीवार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षबीचको भेटमा विदेश भ्रमण पार्टी एकता, नेता माधबकुमार नेपालको असन्तुष्टि, सरकारको कामकारवाहीको विषयमा छलफल हुने बताइएको छ ।

नेकपाका दुबै अध्यक्ष केपी ओली र प्रचण्ड विदेशमा रहेको समयमा वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको काम कारवाहीका विषयमा असन्तुष्टि पोखेका थिए । उनले स्थायी कमिटीका नेतालाई चियापान समेत गराएका थिए ।

नेता नेपाल विदेश रहेको समयमा सचिवालयले प्रदेश इन्चार्ज, सहइन्चार्ज चयन गरेको र आफू पक्षधर नेतालाई पाखा लगाइएको भन्दै असन्तुष्ट बनेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top