सेवालाई प्रभावकारी बनाउन नगरवासीको तथ्याङ्क सङकलन

समाज असोज १९ २०७५ ekhabarnepal

काठमाडौं । सेवालाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले सम्पूर्ण घर र नगरवासीको तथ्याङ्क लिने भएको छ । 

पानी, बिजुली, सुरक्षा, फोहरमैलाजस्ता सेवाको सहजताका लागि ३२ वटै वडाका नागरिकका साथै यहाँ बसोवास गर्ने नागरिकको पनि लिइने महानगरका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । 
 काठमाडौंमा कति घर छन्, ती घरमा कति मानिस बस्छन् र ती मानिसले के गर्छन्, कुन–कुन बैङ्कमा खाता छ, त्यस घरको नागरिक विदेश गएका छन् कि छैनन् जस्ता पम्पूर्ण पक्षको जानकारी लिइनेछ । 

प्रत्येक घर कति जग्गामा बनेको छ, उक्त घरले विभिन्न शीर्षकमा महानगरमा वार्षिक कति कर तिर्नुपर्छ जस्ता विषयको पनि जानकारी लिइनेछ । कामपामा हाल दुई लाख ५६ हजार घर छन् । 
तथ्याङ्क लिएपछि महानगरले प्रत्येक घरको विस्तृत विवरण सर्भरमा राखी सर्भर कोडको आधारमा सेवाग्राहीले खोजेको तीन/चार मिनेटमै घरमै बसी सेवा लिन सक्नेछन् । 
महानगरको कुनै पनि सुविधा नलिएको कारण मुलुकको प्रशासनिक केन्द्र सिंहरबारमा भने उक्त सुविधा उपलब्ध हुने छैन । रासस 

प्राप्त प्रतिकृयाहरू

To Top