'हावा चल्यो पात हल्लियो भन्ने दृष्टिकोणमा राजनीति हुदैन' - प्रधानमन्त्री ओली

राजनीति असोज १८ २०७५ ekhabarnepal
Nn2

काठमाडौं असोज१८, 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताउनुभएको छ । नेता नेपालसँग २९ सालदेखि मित्रता(घनिष्ठता रहेको भन्दै उनले ढुक्क हुन आग्रह गर्नुभयो  ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा रहेका बेला नेता नेपालले सरकारको कामप्रति संसदमै प्रश्न उठाउनुभएको थियो भने प्रदेश कमिटी गठनमा असन्तुष्टि जनाउँदा स्थायी कमिटी सदस्यहरुको भेला समेत बोलाउनु भएको थियो । अमेरिका भ्रमणबाट फर्किनुभएको प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दौ नेता नेपालले संसदमा केके भन्नुभयो आफूलाई पूर्ण जानकारी नभएको भन्दै ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले  हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछाडि लाग्नु दृष्टिकोण र  राजनीति नहुने बताउँनुभयो । हिजो चुनावी तालमेल गर्ने सहमति गर्दा हुँदैन भनेको, पार्टी एकता गर्दा टिक्दैन भनेको स्मरण गर्दै उहाँले पार्टी एकता भएपछि तल्ला तहहरुसँग एकता भएन भनेर प्रश्न उठिरहेको बताउनुभयो । असन्तुष्टीहरुको जवाफ काम गरेर दिनुपर्नेभन्दै उहाँले भन्नुभयो ‘२र४ दिन पर्खिनुस्, व्यवहारबाटै जवाफ दिन्छौं ।’

सरकारले नराम्रो काम नगरेको बताउँदै प्रधानमन्त्री ओलीले बरु राम्रो काम गर्ने कोशिस भने गरिरहेको भन्दै आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्ने  र अर्को चुनावपछि झन् बलियो भएर आउने दावी गर्नुभयो ।प्रधानमन्त्री ओलीले सरकारले छोटो समयमा विकास निर्माणका कामलाई अगाडि बढाएको दाबी  गर्नुभयो । बजेट निकास भएको दुई महिनामै विकास भएन भन्नु गलत भएको उहाँको भनाइ छ।

‘विकास निर्माणका काम अगाडि बढेका छन्। अहिलेको बजेटले साउन र भदौमात्र काम  गरेको छ। बजेट निकासा भएको दुई महिनामै नेपाल गरिब भएको होइन’, प्रधानमन्त्री ओलीले प्रश्न गर्नुयभो,  ‘के नेपाल गरिब यो सात महिनामा भएको हो ? नेपालका बाटा सात महिनामा पिच नभएका हुन् र?’

प्रधानमन्त्री ओलीले आफ्नो अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बतानुभयो । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्कनु भएको हो । अमेरिकाको १३ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्कनु भएको ओलीले अमेरिका हुँदै कोस्टारिकाको पनि भ्रमण गर्नुभएको थियो । कोस्टारिकाको शान्ती विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई नेपालको शान्ति सुरक्षामा गरेको योगदानको कदर गर्दै विद्यावारिधिको उपाधी समेत दिएको थियो । प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम, स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बर्सेट र क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात्तमोहा सेना पदेई तेको हुन सेन लगायतका विभिन्न व्यक्तिहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top