प्रधानमन्त्री ओली काठमाडौंमा

राजनीति असोज १८ २०७५ ekhabarnepal
Nn0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई सम्बोधन गरेका थिए भने सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गरेका थिए । उनले सान होजेमै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ डाक्टरको उपाधि स्वीकार गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top