निर्मला हत्याकाण्ड: नेकपाकै विद्यार्थी संगठनले 'मागे आईजीपीको बर्खास्ती'

राजनीति असोज १८ २०७५ ekhabarnepal
Nn00

काठमाडौं । नेकपाकै विद्यार्थी संगठनले प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई पदबाट बर्खास्त गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग माग गरेका छन् । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष नविना लामा र रञ्जित तामाङको टोलीले गृहमन्त्रीलाई भेटेरै ज्ञापनपत्र बुझाएका हुन् । लामा नेकपाकी सांसदसमेत हुन् ।

नेकपाकै विद्यार्थी संगठनले आईजीपी खनालको राजीनामा माग्नुलाई चासोपूर्वक हेरिएको छ । गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्नुपर्ने उल्लेख छ ।

यस्तै, निर्मला पन्त बलात्कार र हत्या प्रकरणसँग जोडिएका बम दिदीबहिनी र प्रमाण मेटाउने कार्यमा संग्लन निलम्बित एसपी डिल्लीराज विष्टसहित अन्य प्रहरी अधिकारीमाथि अनुसन्धान केन्द्रित गर्न पनि आग्रह गरिएको छ । उनीहरूले निर्मला हत्याकाण्डको छानबिन समितिले निकालेको निष्कर्ष सार्वजनिक गर्न पनि माग गरेका छन् ।

कञ्चनपुर र काठमाडौंमा पनि निर्मला हत्याको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलित भएका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top