राज्यको मेरुदण्ड 'महिला सशक्तीकरण'

समाज असोज १८ २०७५ ekhabarnepal
Nnn

काठमाडौँ असोज १८, 
  यौनिक तथा लैङ्गिक पहिचान र शक्ति सन्तुलनका लागि महिला सशक्तीकरण राज्यको मेरुदण्ड हुने बताइएको छ । 

मितिनी नेपालको युवा महिला नेता समूहले बुधबार आयोजना गरेको ‘पितृसत्ता, लैङ्गिक पहिचान र शक्ति’ विषयक अन्तरक्रियामा राजनीतिक परिवर्तनका लागि महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेकाले अब पितृसत्ता प्रवृत्तिलाई परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । 

महिला अधिकारकर्मी सरु जोशीले संविधानले महिला र पुरुषबीच समानता कायम गरे पनि समलिङ्गी समुदायलाई नसमेटेको बताउँदै आगामी दिनमा संविधान संशोधनको माध्यमबाट उक्त समुदायको माग सम्बोधन हुनुपर्ने बताउनुभयो । मितिनी नेपालको अध्यक्ष लक्ष्मी घलानले मानव–मानवबीचको समानतालाई कायम गर्नुपर्नेमा जोड दिनुभयो ।रासस 

प्राप्त प्रतिकृयाहरू

To Top