प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै 

राजनीति असोज १८ २०७५ ekhabarnepal
Images8998576576

काठमाडौँ असोज १८, 
 संयुक्त राष्ट्रसंघको ७३औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैहुनुहुन्छ।

महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको भ्रमणसमेत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गर्नुभएको थियो । 

असोज ६ गते न्यूयोर्क प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली करिब २ सातापछि आज दिउसो ३.४५ बजे काठमाडौं आइपुग्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।

न्यूयोर्कमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न अन्तरक्रिया तथा छलफलमा सहभागी हुनुभएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top