प्रशासनिक र बित्तिय संघीयता आउन वाँकी ः मुख्यमन्त्री

राजनीति असोज १७ २०७५ ekhabarnepal
Img 9695


बुटवलवाट जर्नलको प्रकाशन शुरु

बुटवल, असौज १७ । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक संघीयता बाहेकको संघीयता आइनसकेको बताएका छन् । उनले प्रशासनिक र बित्तिय संघीयता नभई संघियता कार्यान्वयनको महत्वपूर्ण पाटो पूरा नहुने बताए ।

पानस मिडिया फाउन्डेसनको अनुसन्धानात्मक जर्नल पानसको बिमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सबै तहमा राजनीतिक नेतृत्व आए पनि प्रशासनिक कार्यान्वयन अझै आइनसकेको बताए । ‘अहिले भएको कर्मचारी व्यवस्थापन हो, समायोजन नहुदासम्म प्रशासनिक संघीयता आएको भन्न सकिदैन, उनले भने–‘बित्तिय संघीयतामा मुलुक प्रवेश गरेकै छैन । अव छिट्टै यी कुरा पनि कार्यान्वयनमा आउनुपर्छ ।’

पूर्ण रुपमा संघीयता कार्यान्वयनमा नआएकाले नै प्रदेशको काम देखिने गरी बाहिर नआएको उनले बताए । मुख्यमन्त्री पोखरेलले अहिले तीन तहबीच अधिकारको विषयमा विवाद नरहेको प्रष्ट पारे । अधिकारमा अलमल नै नभएको भन्दै उनले बौद्धिक भनिएकाबाटै गलत विश्लेषण गरिएको बताए ।

‘संघ, प्रदेश र स्थानीय तहलाई संबिधानले नै अधिकारको सुचि दिएको छ, त्यती कार्यान्वयन मात्रै गरे पनि संघीयता बलियो हुन्छ, उनले भने–‘पहिलो चरणमा आफ्ना अधिकार र क्षेत्र दोस्रो चरणमा साझा अधिकार कार्यान्वयनमा जानुपर्छ ।’

मुख्यमन्त्री पोखरेलले प्रदेशमा पनि अनुसन्धानमुलक पत्रकारिता आवश्यक रहेको भन्दै त्यसको सुरुआत भएको खुसी प्रकट गरे । बौद्धिक जमात  अव देश निर्माणमा जुट्नुपर्ने र अनुसन्धानमा रहेर मात्रै पत्रकारिता गर्नुपर्ने उनले बताए ।

पानस मिडियाले संघीय शासन प्रणालीमा तीन तहबीचको सम्बन्ध विषयमा रहेर जर्नल प्रकाशन गरेको अध्यक्ष तथा प्रधानसम्पादक डीआर घिमिरेले बताए । पुस्तकका बिभिन्न क्षेत्रका विज्ञका ११ वटा अनुसन्धनात्मक आलेख समावेश गरिएको छ ।

जर्नल बिमोचन कार्यक्रममा उप प्राध्यापक शालिकराम पौडेलले जर्नलको समीक्षा गर्नुभएको थियो भने उप प्राध्यापक तिलक भूसालले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा प्रदेश सांसद रामजी घिमिरे, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे, सैनामैना नगरपालिकका मेयर चित्रवहादुर केसी, उपमेयर विना राना, प्रा.डा. सूर्य बा. जि.सी,प्रा.डा बाबुराम ज्ञवाली, डा. अरुण क्षेत्री, डा.धु्रव ढकाल, डा. खगराज शर्मा, लिला बल्लब ढकाल, लिल ब. के सी लगायत यस क्षेत्रका करिव एक शय जना वौद्घिक ब्यक्तित्वको सहभागिता थियो ।
अध्यक्ष तथा प्रधानसम्पादक डी.आर. घिमिरेले अनुसन्धानको काम अगाडि वढाउने उद्घेश्यले यस प्रकारको जर्नल प्रकाशन गर्न थालिएको वताउनु भयो । उहाँले यस प्रदेशभित्र धेरै विद्घानहरु भएपनि उहँहरुको क्षमता र प्रतिभाको प्रयोग हुन नसकेकोले फाउण्डेशनले त्यस दिशामा काम गर्न थालेको जानकारी गराउनु भयो । कार्यक्रम फाउन्डेसनका सचिव प्रदिप आचार्यका सञ्चालनमा भएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top