विवाह गर्दै बलिउड अभिनेत्री प्रियंका चोपडा

मनोरञ्जन असोज १७ २०७५ ekhabarnepal
Prinkya5790570950

एजेन्सी। 
 बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस पछिल्लो समय प्रेम सम्बन्धका कारण चर्चामा आइरहेका छन् । केही समय अघि इन्गेजमेन्ट गरेको यो जोडी विवाहका कारण चर्चामा आइरहेको छ ।

प्रियंकाका प्रेमी यतिबेला प्रियंकाको घर भारत आएका छन् । प्रियंका र निक आफ्नो विवाहको तयारीमा लागेका छन् । यो जोडीले विवाह भारतको राजस्थानमा गर्ने आयोजना गरेको छ । मंगलबार प्रियंका र निक प्राइभेट जेटमा मुम्बईबाट राजस्थानको जोधपुर गएका छन् ।
प्रियंका आफ्नो विवाह जोधपुरको भव्य उम्मेद भवन प्यालेस र मेहरानगढ फोर्टमा गर्ने योजना बनाइरहेकी छिन् । विवाहको योजना र व्यवस्थापन गर्नका लागि प्रियंका प्रेमी निक जोनसकासाथ मंगलबार जोधपुर पुगेकी हुन् ।

प्रियंका र निक दुवैले राजस्थानको उम्मेद भवन प्यालेस र मेहरान फोर्टको अवलोकन गरेका छन् भने व्यवस्थापन टिमका साथ विवाहको कार्यक्रम र पाहुनाहरुको विषयमा छलफल गरेका छन् । प्रियंका र निक छिट्टै नै विवाहको मितिको टुंगो लगाउने छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top