आज राति पौने १० बजेदेखि' खुल्दैछ डिभी '

समाज असोज १७ २०७५ ekhabarnepal
Dv 37373673

काठमाडौं असोज १७,

  अमेरिकामा स्थायी बसोबासको अनुमति पाउने माध्यमका रुपमा रहेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा, डिभी को आवदेन बुधबारदेखि खुला हुँदैछ ।नेपाली समय अनुसार बुधबार राति पौने १० बजेदेखि डिभीको फारम भर्न सकिने छ । आउँदो कात्तिक २० गते राति पौने ११ बजे भित्र फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

यसपटक डिभी भरेर छनौट हुनेहरुले सन् २०२० मा अमेरिका जान पाउने छन् । फारम भर्नका लागि आधिकारिक वेब साइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नु पर्नेछ । 

प्राप्त प्रतिकृयाहरू

To Top