दाङको टरिगाउँ विमानस्थलमा परीक्षण, उडान सम्भव :कुनै समस्या छैन

समाज असोज १६ २०७५ ekhabarnepal
444456666

दाङ । नेपाल एयरलाइन्सले दाङ तुलसीपुरको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ । प्राविधिकसहितको टोलीले मंगलबार उडान गरेको हो । परीक्षण उडानपछि क्याप्टेन आङनुरी शेर्पाले विमान सञ्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए । विमानस्थलमा नेपाल एयरलाइन्सको डाँफे विमान अवतरण गरेको थियो ।

प्राविधिक टोलीले विमान सञ्चालनका लागि कुनै समस्या नहुने भन्दै नियमित सेवा सञ्चालन गर्न सकिने बताएको छ । तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेर हप्तामा कति दिन विमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने विषयमा टुंगो लाग्नेछ । 

प्राप्त प्रतिकृयाहरू

To Top