विशेष साधना सम्पन्न

समाज असोज १५ २०७५ ekhabarnepal
Dsc 4668


बुटवल १५ असोज ।
रुपन्देहीको ड्राईभर टोल स्थित न्यू होराईजन स्कुलमा एक दिवसीय विशेष साधना शिविर गरिएको छ । 
राधा माधव समिति नेपाल, वुटवल केन्द्रको आयोजनामा सन्चालित साधना कार्यक्रमको उद्घाटन राधा माधव समिति, नेपालकी अध्यक्षा संगीता दिदी र न्याय परिषद्का सदस्य पदम् प्रसाद वैदिकको उपस्थितिमा उच्च अदालत तुल्सीपुर वुटवल इजलासका मुख्य न्यायाधीश कुमार प्रसाद पोखरेलले गरेका थिए ।
राधा माधव समिति नेपाल बुटवल केन्द्रका संयोजक रामप्रसाद घिमिरेका अनुसार कार्यक्रममा उच्च अदालत बुटवल इजलासका न्यायधिसहरु, जिल्ला अदालतका न्यायधिसका साथै जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारीहरुको उत्साहपूर्व सहभागिता रहेको थियो । यसै बिच बुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवल बसपार्कमा राधामाधव समिति नेपाल, वुटवल केन्द्रद्वारा हरिगुरु प्रीत्यर्थ निमार्ण गरिएको शुद्ध प्रसोधित पिउने पानी धाराको उद्घाटन पनि संगीता दिदीबाटै गरिएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top