पत्नीको उपचार सकेर नेकपाका अध्यक्ष दाहाल आज स्वदेश फर्किँदै

राजनीति असोज १५ २०७५ ekhabarnepal
Prachanda5676

काठमाडौं । पत्नी सीताको उपचारको लागि सिंगापुर गएका पूर्वप्रधानमन्त्री तथा  ने क पाका अध्यक्ष पुष्पकमल दाहाल आज बेलुका स्वदेश फर्किने भएका छन् । 

दाहालकी छोरी तथा चितवन महानगरपालिकाका मेयर रेणु दाहालले सोमबार बिहान बाह्रखरीलाई जानकारी गराए अनुसार सीताको यसपालि खास समस्या भन्दा पनि फलोअप चेकिङ्ग मात्रै हो । प्रधानमन्त्री दाहाल यही असोज १० गते पत्नीलाई लिएर त्यसतर्फ गएका थिए ।२०७४ को दशैं अघि गम्भीर बिरामी भएकी सीतालाई छोरा प्रकाशको निधनपछि बढी चोट परेको र त्यसपछि उनी निरन्तर अस्वस्थ रहँदै आएको परिवारका सदस्यहरुले बताएका छन् । 

सिंगापुरस्थित एमटी एलिजावेथ अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको जनाएको बताइएको छ । यो रोगले मस्तिष्कमा असर गर्ने जनाइएको छ । यसको उपचारको लागि नियमित औषधी खानुपर्ने तथा व्यायाम गर्नुपर्ने बताइएको छ ।ने क पाका अध्यक्ष दाहाल तथा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा भएका बेलामा तेस्रो बरियताका नेता माधवकुमार नेपालले प्रकट गरेको असन्तुष्टिका कारण सो पार्टीमा अहिले विवाद उत्पन्न भइरहेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top