नेपालद्धारा अफगानिस्तानलाई १३२ रनको चुनौती  

खेल असोज १५ २०७५ ekhabarnepal
5445365

काठमाडौं असोज १५, 
 बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ ।

बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३१ रन मात्र जोड्यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए ।

यस्तै नेपालका राशिद खानले २९, कप्तान आसिफ शेखले २० तथा ऋत गौतमले १० रन जोड्नेबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई १३१ रनमा समेट्ने क्रममा अफगानिस्तानका अजमातुल्लाह ओमरजाईले ४ विकेट लिए भने कैस अहमद र अब्दुल रहमानले दुई दुई विकेट झारे ।

समूह ‘ए’ मा रहेको नेपाललाई अघिल्लो चरण प्रवेशका लागि पनि अफगानिस्तानलाई हराउनुपर्ने बाध्यता छ । यसअघि भएको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनको भारी अन्तरले पराजित भएको थियो ।यता अफगानिस्तानले भने पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)लाई पराजित गरिसकेको छ । अफगानिस्तान अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top