१२ वर्षीया बालिका बलात्कृत  

समाज असोज १५ २०७५ ekhabarnepal
908906897564

पर्वत असोज १५,
मोदीगाउँपालिका १ भूक देउरालीमा एक बालिका बलात्कृत भएकी छन् । असोज १३ गते शनिबार राति १२ वर्षीया बालिका भूक देउरालीमै बस्ने २२ वर्षीय सविन छन्त्यालबाट बलात्कृत भएकी हुन । छन्त्याल बलात्कार गरी फरार भएका छन ।

घरको कोठामा बसेर पढ्दै गरेकी बालिकालाई छन्त्यालले बलात्कार गरेको भनी पीडितका अआइतबार जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।

वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका छन्त्याल बलात्कार आरोपी घटनापछि फरार रहेका छन् । उनको राहदानी रोक्का गरी खोजतलास थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन । 

प्राप्त प्रतिकृयाहरू

To Top