पन्तको हत्या प्रकरण नयाँ मोडमा: तीनै जनाको 'डिएनए म्याच खाएन'  

समाज असोज १४ २०७५ ekhabarnepal
Nirmala0897

काठमाडौं असोज १४, 
 कञ्चनपुरमा साउन १० गते बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न रहेको आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण मेल नखाएको खुलासा भएको छ।
विशेष प्रहरी स्रोतका अनुसार निर्मलाको ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग परीक्षण गरिएका तीनै जनाको शुक्रकिट मेल नखाएको स्रोतले जानकारी दिएको छ ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको नमुना संकलन गरी परीक्षण गरिएको थियो।

सोसम्बबन्धी रिपोर्ट आज (आइतबार) सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत सार्वजनिक हुँदैछ।  दुई महिना बितिसक्दा पनि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन। पछिल्लो पटक नमुना संकलन गरिएका तिनै जनाको डिएनए ‘म्याच’ नखाएपछि निर्मला हत्या प्रकरण नयाँ मोडमा पुगेको छ। 

प्राप्त प्रतिकृयाहरू

To Top