'कोष्टारिकाको चार दिने भ्रमण'मा प्रधानमन्त्री ओली 

राजनीति असोज १४ २०७५ ekhabarnepal
9086539078

प्रधानमन्त्री केपी शर्मा ओली कोष्टारिकाको ४ दिन औपचारिक भ्रमणका लागी राजधानी सान होजे पुग्नुभएको छ । पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार बिष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की सहित प्रधानमन्त्री ओली आज बिहान कोष्टारिका पुग्नु भएको हो । प्रधानमन्त्री ओलीलाई कोष्टारिकाका उपराष्ट्रपति इप्सी क्याम्वेल बारले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले कोष्टारिका बसाइका क्रममा स्थानीय समयअनुसार अक्टोबर एकमा राष्ट्रपति अल्भाराडो क्युसाडासँग भेटवार्ता गर्नुहुनेछ । दुई कार्यकारी प्रमुखबीच हुने भेटवातामा आपसी हित, कुटनीतिक सम्बन्ध लगायत बिषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सान होजेस्थित पिस विश्वविद्यालयमा नेपालको सफल शान्तिप्रक्रियाका बारेमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने तय भएको छ । गैरकानुनी बाटो हुंदै मानव तस्करहरुले अमेरिका प्रवेशका लागी कोष्टारिकाको बाटो प्रयोग गर्दै आएका छन् ।

मध्य अमेरिकी मुलुकमा सन् २०१४ मा ३४, सन् २०१५ मा २६ नेपाली दक्षिण अमेरिका हुंदै गैरकानुनी रुपमा प्रवेश गर्न खोज्दा समातिएका थिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर कोष्टारिका जानुभएका प्रधानमन्त्री ओली मंगलबार न्युर्योक हुँदै काठमाडौं फर्कनुहुने न्युर्योक स्थित महाबाणिज्य दुतावासले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top