प्रस्तावको पक्षमा ३८, दुई तिहाईका लागि ३६ मत आवश्यक
धनगढी,अशोज १२
प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने निर्णय भएको छ।
आज प्रदेश सभामा भएको मतदानमा प्रस्तावको पक्षमा ३८ र विपक्षमा सून्य मत परेको हो।
पारित प्रस्ताव अनुसार प्रदेश राजधानी गोदावरी नगरपालिका-४ र २ मा रहनेछ।
५३ सदस्यीय प्रदेश-७ मा नेकपाका ३९ जना, नेकाका १२ र राजपाका २ जना सांसद रहेका छन्।
प्रदेशको नाम र राजधानी सिफारिस गर्नका लागि बनेको विशेष समितिले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी राख्न सिफारिस गरेको थियो।
उक्त प्रतिबेदन पारितका लागी आज ससदमा समितीका सभापति तारालामा तामाङले पेस गरे।
उक्त प्रतिवेदनमा विपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सासदले असहमति जनाएका थिए।सत्तापक्ष र प्रतिपक्षविच नाम र राजधानीका बारेमा सहमति नभएपछि मतदान प्रक्रियाबाट नाम र राजधानी तोकिएको हो।
प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने पक्षमा ३८ मत खसेको थियो। विपक्षी दलका १४ सासदले भने मत हालेनन।उनीहरुले बैठक बहिस्कार समेत गरेका थियो।
प्रदेश ७ मा ५३ सासद छन्।दुई तिहाईका लागि ३६ मत आवश्यक थियो।यसअघि कांग्रेसले असहमति जनाउदै संसद अवरुद्ध गरेको थियो।
बिहान साढे ११ बजे बसेको बैठक प्रतिपक्षी दलका कारण दिउसो १ बजे सम्मका लागी स्थगित भएको थियो। त्यसपछि ३ बजे बसेको बैठकले मतदान प्रक्रियाबाट नाम र राजधानी तोकिएको हो।
प्राप्त प्रतिकृयाहरू