कैलालीका जनता दुई धुव्रमा विभाजित:विरोध अनि स्वागत पनि !

समाज असोज ११ २०७५ ekhabarnepal
000057722.jpg.pagespeed.ic.ha3njtygzu

कैलाली असोज ११,  
 संसदीय विशेष सुझाब समितिले ७ नम्बर प्रदेशको नाम र राजधानीको प्रस्ताव छलफलका लागि संसदमा पेश गरेसंगै कैलालीका जनता दुई धारमा विभाजित बनेका छन् । 

विशेष समितिले मंगलबार (९ असोज) मा प्रस्ताव गरेको प्रदेशको राजधानी र नामांकनलाई लिएर कैलालीबासी दुई धुव्रमा विभाजित भएका हुन् । प्रदेशको राजधानीका विषयमा  केही स्थानियहरु विरोधमा उत्रिएका छन् भने केही स्थानिय  स्वागत गरिरहेका छन् ।  

प्रदेशको अस्थायी राजधानी रहेको धनगढी क्षेत्रका बासिन्दा विरोधमा उत्रिएका हुन् भने प्रस्तावित राजधानी गोदवारीमा त्यसको स्वागत भइरहेको छ । धनगढीमा राजधानी सार्ने विरोध गर्दै बिहीवार विशानैदेखि हडतालसहित प्रदर्शन भइरहेको छ भने अत्तरियामा स्थानीय वासिन्दाले आफूहरुको स्थानमा राजधानी हुने भएपछि खुसी साट्दै राष्ट्रिय झण्डा बोकेर अत्तरिया बजार क्षेत्रमा प्रभातफेरी गर्नुका साथै अत्तरिया चोकमा स्वागत कोणसभा समेत गरेका छन् ।

कोणसभामा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा यस क्षेत्रका सामाजिक अगुवाहरुले नौ जिल्लाको सवै हिसावले गोदाबरी पायक पर्ने भएकोले बिशेष सुझाब समितिले पेस गरेको प्रतिवेदनले सबै जिल्लाको प्रतिनिधित्व गरेको बताएका छन् । उनीहरुले कैलालीमै यो प्रस्तावको विरोध हुनु दुःखद् भएको बताएका छन् । उता अस्थायी राजधानी धनगढीमा स्थानीयले आमहडताल आह्वान गर्दै बिरोध जनाइएका छन् । हडतालले यहाँको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
नेपालीहरुको महान चाडपर्व नजिकै रहेको समयमा गरिएको आम हडतालले सर्वसाधारण मर्कामा परेका छन्। धनगढीबाट बिभिन्न ठाउँका लागि साधन नछुटेका र भित्रिने सवारी साधनहरु नचल्दा यात्रीहरुलाई मर्कामा परेका छन्।चाडपर्व नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरु स्वदेश फर्किने समय यही भएकाले सास्ती भोग्नेको संख्या झन् बढेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top