जापानको टोकियोमा हुनेछ  'अन्तराष्ट्रिय नेपाली हाइकु सम्मेलन'

मनोरञ्जन असोज ११ २०७५ ekhabarnepal
877665564900

काठमाडौ असोज  ११,

 अन्तराष्ट्रिय नेपाली हाइकु सम्मेलन असोज १४ र १५ मा जापानको टोकियोमा हुने भएको छ । १५ वर्षअघि नेपालमा सुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभयो । सम्मेलनलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले संयोजन गरेको छ । 

सम्मेलनमा जापानका चर्चित हाइकु कविहरुले पनि नेपाली कविलाई साथ दिनेछन् । शिनओकुबो स्थित नेपाली मुरा हल ( सोलमारी ) मा हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको अन्तराष्ट्रिय साहित्य समाजका बरिष्ठ उपाध्यक्ष एवं हाइजिन प्रकाश पौडेलले बताउनुभयो । 

‘कायक्रमको सम्पूर्ण तयारी भइसकेको छ । नेपालसहित बिभिन्न मुलुकका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौं । त्यसमध्ये कतिपय जापान आइपुग्नु भएको छ ।’ जापान बसेर नेपाली हाइकुलाई प्रवद्र्धन गरिरहेका कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ले 'भन्नुभयो' ‘हाइकुको जन्मस्थल भएका नाताले यसपटकको सम्मेलन जापानमा गर्ने योजना बनेको हो । नेपाली हाइकु लेखकलाई जापानी हाइकु लेखकसँग अनुभव आदान प्रदान गर्न पनि सम्मेलन जापानमा गर्न लागिएको हो ।’ नेपाल हाइकु केन्द्र र अन्तर्रा्ष्ट्रिय नेपाल साहित्य समाजको संयुक्त ब्यानरमा हुनेछ ।

जापानका चर्चित हाइजिन एवं कविहरुको उपस्थिति हुने भएकाले कार्यक्रम सफल पार्न झन्डै एक दर्जन उप समितिहरु गठन गरेर तयारी गरिएको अनेसास जापानका अध्यक्ष समेत रहेका दीप पाठकले बताउनुभयो । जापानी हाइजिनहरुलाई नेपाली साहित्यकारको क्रियाशिलता र सक्रियता देखाउन पनि हामीले मेहेनत गरिरहेका छौं ।’ अन्तराष्ट्रिय साहित्य समाज जापानका अध्यक्ष दीप पाठकले  'भन्नुभयो' ‘यसले हामीलाई कार्यक्रम सिर्जनशिल बनाउन सहयोग गरेको छ ।’

पछिल्लो समय नेपालमा हाइकु साहित्य फस्टाउदो रुपमा छ । नेपाल हाइकु केन्द्रको नेतृत्त्व प्रा. रामकुमार पाडेले गरेका छन भने हाइकुको जन्मथलो जापानमा बसेर प्रकाश पौडेल ’माइला’ ले अबिछिन्न काम गरी रहेका छन । जापान सम्मेलनको क्रममा झन्डै एक दर्जन नेपाली हाइकु कृतिको बिमोचन गरिनेछ भने रामकुमार पाडे र प्रकाश पौडेल ’माइला’ ले अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रमको मुख्य आकर्षणको रुपमा प्रसिद्द जापानी हाइकु कविहरुको सहभागिता हुनेछ । 

‘नेपाली र जापानी कविहरु बिचको सहकार्य शुरुवात भइसकेको छ । अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतले 'भन्नुभयो', ‘सम्मेलनले जापान–नेपाल साहित्यको बृद्धिमा ठूलो योगदान दिने देखिएको छ ।’

सम्मेलनमा सहभागिता जनाउन नेपालबाट रामकुमार पाँडेको संयोजनमा  अश्बिनी कोइराला, प्रभा बराल, बिजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल जापान पुगेका छन् भने बेलायतबाट कृष्ण बजगाइको उपस्थिति हुनेछ । कार्यक्रममा जापानमा बसोबास गरेर साहित्य सिर्जना गरिरहेका सयौ लेखक–कविहरुको उपस्थिति हुने जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top