श्रीमतीको हत्या गरेर फरार श्रीमान् पक्राउ

समाज असोज ११ २०७५ ekhabarnepal
90708767

लेखनाथ, रासस ।

पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल पुगेको सङ्घीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासले हत्यारालाई पक्राउ गरिएको हो ।

५५ वर्षीय यानबहादुर गुरुङले आफ्नै श्रीमती ६० वर्षीया श्रीमाया गुरुङको हत्या गरेका खुलासा भएको छ । आफूले हत्या गरेको खबर छिमेकीलाई छोडेर उनी भागेका कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिएका छन् । श्रीमतीलाई प्यारालाइसिस भएको बताइएको छ । 
हत्यापछि शवलाई बोरामा पोको पारेर घरभन्दा केही पर फालेपछि मैले बूढीलाई मारेँ भनेर हिँडेका गुरुङलाई प्रहरीले धानबारीबाट पक्राउ गरेको हो 

प्राप्त प्रतिकृयाहरू

To Top