दक्षिण कोरियाका 'राष्ट्रपति मुन जाए इन' अमेरिका प्रस्थान 

विश्व असोज ८ २०७५ ekhabarnepal
098979878

असोज ८ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न अमेरिका प्रस्थान गर्नुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनसँग गत साता तेस्रो द्विपक्षीय शिखर बैठक गरेलगत्तै राष्ट्रपति मुनले अमेरिका भ्रमण गर्नुभएको हो । मुनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ । अमेरिका रहँदा राष्ट्रपति मुनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै अन्तर–कोरियाली शिखर बैठकका परिणामबारे विश्व समुदायलाई जानकारी गराउनुहुनेछ । मुनले उत्तर कोरिया र अमेरिकाबीच हाल स्थगित वार्ता पुनः सुरु गराउन अमेरिकी राष्ट्रपतिसँग विस्तृत रूपमा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top