अमेरिकाले फेरि बढायो 'चिनियाँ उत्पादनमा आयात शुल्क'

विश्व असोज २ २०७५ ekhabarnepal
08708957

बीबीसी।  चीनसँग व्यापार युद्धलाई एक कदम अगाडि बढाउँदै अमेरिकाले फेरि २०० अर्ब डलर बराबरको चिनियाँ उत्पादनमा थप आयात शुल्क लगाएको छ । यो आयात शुल्क ५ हजार भन्दा बढी बस्तुहरुमा लगाइएको हो । यो शुल्क हालसम्म लगाइएको मध्ये सबैभन्दा धेरै पनि हो ।

यसमा ह्याण्ड ब्याग, कपडा, चामल लगायतका बस्तु सामेल छन् । तर स्मार्ट घडी र प्ले पेनमा भने अतिरिक्त शुल्क लगाइएको छैन जबकी यी बस्तुमा पनि अतिरिक्त शुल्क लाग्ने सम्भावना रहेको बताइन्थ्यो ।

यसअघि अमेरिकाले काठ, फर्निचर लगायतका बस्तुमा शुल्क लगाएको थिएन तर यसपटक लगाएको छ । यसको असर चीनका साथै अमेरिकाको फर्निचर बजारमा पनि पर्ने बीबीसीले जनाएको छ ।

यसैबीच चीनले यदि अमेरिकाले आयात शुल्क बढाएमा आफूले पनि त्यस्तै कदम चाल्ने चेतावनी दिँदै आएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top