तपाईंको आजको राशिफल/वि.सं. २०७५ साल असोज २ गते, मंगलबार।

धार्मिक असोज २ २०७५ ekhabarnepal
Xxmaxresdefault 889825

वि.सं. २०७५ साल असोज २ गते। मंगलबार। इश्वी सन् २०१८ सेप्टेम्बर १८ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– नवमी, 

मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
अध्यात्मभाव जागृत हुनाले धर्मकर्म तथा समाजसेवामा प्रवृत्त भइनेछ। परिस्थितिवश रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। सानो प्रयासले ठूलो काम बन्नेछ। तारिफयोग्य कामले मानसम्मान दिलाउनेछ। आलस्य गर्ने बानीप्रति अलि टीकाटिप्पणी हुन सक्छ, सजग रहनुहोला। 

बृष - (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
स्वास्थ्य कमजोर रहनाले आत्मबलमा कमी आउन सक्छ। फजुल खर्च बढ्नेछ भने सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। पहिलेको नतिजा बिग्रने भयले सताउनेछ। आफ्नो वस्तुमा समेत अरूले दाबी गर्न सक्छन्। मालमत्ता हराउने योग रहेकाले हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। 

मिथुन - (का, कि, कु, घ, ङ, छ, के, को, ह )
अत्यावश्यक काम छोडेर पनि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। सानो कमजोरीले प्रतिफल गुम्न सक्छ, सजग रहनुहोला। अप्ठ्यारो स्थितिमा पनि शुभचिन्तकहरूको साथ पाइनेछ। तर, बेसुरमा बोल्ने बानीले आत्मग्लानिको स्थितिमा पुर्याउन सक्छ। प्रेममा अविश्वास जाग्नाले प्रतिस्पर्धाको भावना उत्पन्न हुनेछ। आतिथ्य केही खर्चिलो बन्ने समय छ। 

कर्कट - (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा समय लागे पनि मनग्गे लाभ हुनेछ। परिश्रम परे पनि लक्ष्यमा पुग्न सकिनेछ। आँटले चुनौतीका पर्खाल नाघ्न सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरूलाई उछिन्ने मौका छ। आहारविहारमा ध्यान दिनुहोला, स्वास्थ्यमा सुधार आउनेछ। रोकिएका कामहरू पनि सजिलै सम्पादन हुनेछन्। प्रतिस्पर्धीलाई कमजोर ठान्ने र आलस्य गर्ने बानीले भने अलि पछि परिनेछ। 

सिंह - (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
समयमा काम नगर्ने बानीले पछि परिने हुँदा समयमै सजग रहनुहोला। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। केही विलम्ब भए पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा धेरै समय दिन नसके पनि सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। सन्तान तथा सहयोगीको साथले हौसला प्रदान गर्नेछ। मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ। 

कन्या - (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
घरेलु काममा अल्झनुपर्नेछ। आत्तिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आवश्यक पर्दा साथीभाइ र शुभचिन्तकहरू टाढा हुनेछन्। बेसुरमा वचन दिने बानीले पनि समस्या निम्त्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिको लाभांश घट्नेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतको प्रतिफल हातपार्न केही समय प्रतीक्षा गर्नुहोला। 

तुला - (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत थपिनुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। पहिलेकै काम दोहोर्याउनुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ। लगानीले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै फाइदा उठाउन सफल भइनेछ। 

बृश्चिक - (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
 मिहिनेत परे पनि आँटेको काम बन्नाले उत्साहित भइनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र अभिव्यक्ति कलामा निखारता आउनेछ। कर्मयोगले दैनिकीमा सुधार ल्याउनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। तारिफयोग्य कामको चर्चा हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। 

धनु -( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बन्नेछ। जमघटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका आफन्तसँग पुनर्मिलन हुनेछ। आय बढ्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। 

मकर -( भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
भैपरी आउने खर्चले धन अभाव हुनेछ। समय दिन नसक्दा बन्न लागेको काम पनि बिग्रन सक्छ। विचार नमिल्नाले आफन्तसँग टाढिनुपर्ला। कुरा लगाउनेहरूको विश्वासमा पर्दा छिमेकमा असमझदारी बढ्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। केही खर्च लागे पनि लामो यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आम्दानीका स्रोत भने अलि कमजोर बन्ने देखिन्छ। 

कुम्भ - (गु, गे, गो, सा, सि, सु, से, सो, द )
मिहिनेत गर्दा आयआर्जनका काम सम्पादन हुनेछन्। तर उठ्नुपर्ने रकम हातलागी हुन केही समय पर्खनुपर्ने देखिन्छ। तत्कालका आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। कर्जाको धन भने प्राप्त हुनेछ। व्यापारमा मालमत्ता उधारो बिक्री गर्नुपर्ला। लेनदेनको हिसाबमा पनि अलि सजग रहनुपर्नेछ। तापनि दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। 

मीन - (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय लागे पनि चिताएको काम सम्पादन हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि पनि कामको जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा ठूलै व्यक्तिको साथ पाइनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। राजनीति, नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। 

प्राप्त प्रतिकृयाहरू

To Top