लुम्बिनी एक्स्पोलाई नयाँ ढंगले आयोजना गर्ने प्रयास

अर्थ असोज १ २०७५ ekhabarnepal
11


बुटवल, असोज, १
रुपन्देही व्यापार संघले आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा आयोजना गर्न लागेको लुम्बिनी एक्स्पो २०५७लाई कसरी व्यवस्थित र नौलो बनाउन सकिन्छ त्यसको कार्ययोजना बनाउन एक दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । 
संघका पदाधिकारी, कार्य समिति, बस्तुगत उपसमितिका संयोजक र सचिवहरुको सहभागिता रहेको कार्यक्रममा मेला आयोजनाको औचित्य, मेलामा राखिने बस्तु तथा सेवाहरु र प्रस्तुतीका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा मेलालाई समय परिस्थिति अनुसार परिमार्जन गर्दै उपभोक्ताहरुको चाहाना अनुसार अगाडि बढ्न नसकेमा मेलाका उद्देश्यहरु प्राप्त हुन नसक्ने भन्दै गम्भिर बन्न आग्रह गरिएको थियो । 
कार्यक्रमको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष मोतीलाल पाण्डेले मेला सबैको साझा कार्यक्रम भएको हुदा त्यसको सफलता र असफलताको दोष आयोजक सबैले दिनु पर्ने बताउनु भयो । उहाले हिजो सोच र कार्यक्रमले मात्र मेला सफल हुन नसक्ने हुदा संघको सिंगो टिम लाग्न आग्रह गर्नु भयो । पाण्डेले यस क्षेत्रलाई लगानीको अवसर, क्षेत्र र सम्भावनाको केन्द्रको रुपमा विकास गर्ने आधार एक्स्पो कसरी बन्न सक्छ गम्भिर बन्न जरुरी भएको धारणा राख्नु भयो ।  
संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले एक्स्पोलाई भव्य र एतिहासिक तरिकाले सम्पन्न गर्नु हामी सबैको कतव्र्य भएको हुदा दर्शक, शुभचिन्तकहरुबाट प्राप्त सुझाव र सल्लाहालाई प्रेरणाका रुपमा आत्मसाथ गर्नु जरुरी भएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले हामीले आयोजना गर्दै आएका एक्स्पोहरुले यस क्षेत्रको आर्थिक, औद्योगिक, पर्यटकिय, व्यापारिक, सास्कृतिक तथा सामाजिक विकासमा केही नकेही योगदान पुराएको दावी आमउपभोक्ताको चाहानालाई ध्यानमा राखेर आगामी मेला कसरी फरक बनाउन सकिन्छ सबैले आआफ्नो अनुभव, सुझाव व्यवहारमा उतार्न आग्रह गर्नु भयो । 
    सो अवसरमा गोष्ठिको सहजीकरण गर्नु भएका लुम्बिनी बाणिज्य क्याम्पस, बुटवलका प्रमुख तथा संघका आर्थिक सल्लाहाकार डा. ताराप्रसाद श्रेष्ठले मेलामा आउन सक्ने चुनौति र आयोजकहरुको जिम्मेवारीका विषयमा बुदागत तथा प्रयोगात्मक तरिकाले जानकारी गराउनु भएको थियो ।
गोष्ठिमा मेलाले अगाडि सारेका उद्देश्यहरु पुरा गर्न कस्को कस्तो भूमिका रहन्छ र को जिम्मेवार हुनु पर्दछ भन्ने बारेमा तालिकासहित निष्कर्ष निकालिएको छ । मेला सम्पन्न गर्न बनाइएका ४१  वटा उपसमितिहरुको समान भूमिका रहेको हुदा ति समितिले निर्वाहा गर्ने कार्यले नै मेला सफल र असफल हुने ठहर गोष्ठिले गरेको छ । यसैगरि मेला आयोजनाका क्रममा आउन सक्ने चुनौतिको अहिले नै पहिचान गरि त्यसको सामना गर्ने बाताबरण वा हतियार तयार गर्नु पर्ने कुरामा विषेश जोड दिइएको थियो । विषेशगरि मेलालाई नियोजित रुपमा असफल बनाउने तत्व वा समुहहरुको पहिचान, प्राकृतिक रुपमा आउन सक्ने समस्या तथा असामाजित गतिविधीहरु र दशर्कहरुको सुरक्षाको विषय चुनौतिकबो विषय भएको हुदा त्यसबारेमा अहिले देखिनै सचेत बन्नु पर्ने सुझाव राखिएको थियो । 
कार्यक्रममा मेलाको तयारीका बारेमा हालसम्म भएका गतिविधि, निर्णय, कार्ययोजना, जिम्मेवारी बाडफाड लगायतका विषयमा जानकारी गराइएको थियो भने मेलामा समावेश गरिने नया कार्यक्रमका बारेमा चार वटा समुह बनाएर छलफल गरि निष्कर्ष प्रस्तुत गरिएको थियो ।
संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्षता, महासचिव प्रकाश ढकालको सञ्चालनमा भएको कार्यक्रममा संघका प्रेस सल्लाहाकार सुमन अधिकारी, आर्थिक सल्लाहाकार डा. ताराप्रसाद उपाध्याय, वरिष्ठ उपाध्यक्ष यमलाल लोहनी, प्रथम उपाध्यक्ष कृष्णप्रसाद घिमिरे लगायत बोल्नु भएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top